काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको बताएका छन् ।
भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले २३ भदौको घटना कास्टिङ मात्रै भएको बताए । मुलुकलाई जोगाउन एमाले एकताबद्ध हुनुपर्ने उनले बताएका छन् ।
यदि पार्टीभित्र एकताबद्ध नहुने हो भने मुलुक अफगानिस्तानको बाटोमा जाने भट्टराईले बताए ।
‘यो मुलुक अफगानिस्तानको बाटोमा जानेछ, सुडान र युक्रेन बन्न सक्छ,’उनले भने ।
भट्टराईले पार्टी नेतृत्वविरुद्ध विपक्षीले निकालेको निष्कर्षलाई प्रश्रय दिने काम गर्न नहुने पनि बताएका छन् ।







