२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमन्त्री र संयुक्त राष्ट्रसंघका उच्च प्रतिनिधिबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन् । 

सिंहदरवारस्थित मन्त्रालयमा आज भएको भेटमा संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजक हाना सिंगर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी थिए ।

मन्त्री खरेलले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल सरकारप्रति संयुक्त राष्ट्रसंघले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले भने, “अहिले बनेको सरकार सबै पक्ष, क्षेत्र र वर्गको अनुमोदन प्राप्त सरकार हो । आगामी फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ । घोषित निर्वाचन सफल बनाउनका लागि संयुक्त राष्ट्रसंघलगायत विकास साझेदारहरूको सकारात्मक सहयोगको अपेक्षा सरकारले गरेको छ ।”

मन्त्री खरेलले विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसंघका निकायले पुर्‍याएको सहयोगको उच्च प्रशंसा गरे । साथै, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवर्द्धन र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबीच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ ।

त्यस अवसरमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगरले हालै नेपाल सरकारले विपद् व्यवस्थापनमा देखाएको तत्परता र नेतृत्वको प्रशंसा गर्दै भने, “नेपाल सरकारले संकटको समयमा देखाएको संयम र समन्वय प्रशंसनीय छ । हामी तोकिएकै समयमा हुने निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आफ्ना तर्फबाट सकारात्मक सहयोग पुर्‍याउन प्रतिबद्ध छौँ ।”

युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले पनि नेपाल सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गर्दै भने, “डिजिटल रूपान्तरण र मिडिया साक्षरताको क्षेत्रमा नेपालसँगको साझेदारीलाई अझ सशक्त बनाउन हामी इच्छुक छौँ ।” 

यूनेस्कोका प्रतिनिधि जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रलाई सुदृढ बनाउन नेपालसँगको सहकार्य निरन्तर जारी रहने बताए ।