काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफू नै पार्टीको अध्यक्ष भइराख्नुपर्छ भन्ने नरहेको बताएका छन्।
काठमाडौँमा सम्पादकहरूसँगको संवादमा यो कुरा आफूले केन्द्रीय कमिटी बैठकमा पनि प्रस्टसँग राखेको बताए।
उनले भने, ‘मैले इतिहासमा गरेका आन्दोलन, भूमिका र नेतृत्व गरे, मेरो नेचरले निष्क्रिय हुने, पलायन हुने रिटायर्ड लाइफ बिताउने त मेरो हुँदैन। त्यो मेरो नेचर र इतिहासको आवश्यकताले पनि दिँदैन। तर अब म पार्टीको अध्यक्ष नै भइराख्नुपर्छ भन्नेमा छैन।
एउटा निश्चित प्रक्रियाबाट नयाँ नेतृत्व निर्माण गर्ने र पुरानो नेतृत्वले भिन्न भूमिकामा गएर देशलाई निकास दिन पहल गर्नुपर्छ भनेर महाधिवेशनमा जान लागेको बताए। उनले अझै कमजोरी नसच्याएर अहंकार नै देखाइराखे देश अझै ठूलो दुर्घटनामा पर्न सक्ने बताएका छन्।







