२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगर र उपमहानगरमा मात्रै घरजग्गा कारोबार गर्न सकिने

अ+ अ-

काठमाडौँ । सरकारले महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने क्षेत्र तोकेको छ ।

मालपोत ऐन, २०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका क्षेत्रलाई मात्रै घरजग्गा कारोबार गर्न सकिने क्षेत्र तोकेको हो ।

अहिलेलाई महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र मात्र घरजग्गा कारोबार गर्न सकिने मन्त्रालयका सचिव केदारनाथ शर्माले नेपाल प्रेससँग बताए । उनका अनुसार बिस्तारै नगरपालिका र गाउँपालिका क्षेत्रभित्र पनि घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइनेछ ।

जसमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, विराटनगर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका रहेका छन् ।

यस्तै, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, हेटौडा उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र धनगढी उपमहानगरपालिका रहेका छन् ।

मन्त्रालयका सचिव शर्माका अनुसार जतिसुकै क्षेत्रफलको कारोबार पनि गर्न सकिने तर एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको कारोबार हुनुपर्नेछ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई त्यस सम्बन्धी अधिकारीसमेत तोकिएको छ ।