२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’माथि अनुसन्धान थालिएपछि माओवादीको आपत्ति, चुनावमा जान्छु भन्नेलाई नै तर्साउने थालेको आरोप

अ+ अ-

काठमाडौँ। सम्पत्ति शुद्धीकरणमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारका सदस्यमाथि अनुसन्धान थालिएपछि माओवादी आत्तिएको छ । 

‘प्रचण्ड’ले नारायणकाजी श्रेष्ठ र वर्षमान पुन ‘अनन्त’लाई प्रधानमन्त्री भेट्न पठाएर अनुसन्धान रोक्नुपर्ने आशयको आग्रह गरेका छन् ।

‘हामी काँग्रेस-एमालेभन्दा फरक हौँ, हामी चुनावमा जान खोजिरहेका छौँ, तपाईंहरुलाई सहयोग नै गरिरहेका छौँ तर हामीलाई जर्बजस्ती काँग्रेस-एमालेतिर धकेल्न खोजियो’ भन्दै उनीहरूले अनुसन्धान रोक्नुपर्ने आशय प्रकट गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री कार्कीसँगको वार्तामा सहभागी भएका अनन्तले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘२३ गते त्यत्रा दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने अनि ‘प्रचण्ड’ कमरेडतिर गएर तर्साउन खोज्ने ?’

उनले थपे, ‘हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्विकार्दैनौँ । यस प्रकारका बेठिक प्रवृत्ति हामी स्वीकार्दैनौँ ।’

माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको भन्दै उनले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरेका थिए ।

जेनजी आन्दोलनको एउटा मुख्य माग पटक-पटक प्रधानमन्त्री भएका तीन शीर्ष नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने पनि थियो । सोहीअनुसार सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ । खासगरी ‘प्रचण्ड’ परिवारले विलासी जीवन बिताएको, परिवारका नाममा सम्पत्ति थुपारेको भन्दै आलोचना हुने गरेको छ ।

जेनजीहरुले ‘नेपो बेबी’ भन्दै चलाएको अभियानमा ‘प्रचण्ड’पुत्री गंगा दाहाल पनि मुख्य तारो थिइन्, जसले महँगो मूल्य पर्ने रोलेक्स ब्राण्डको घडी र गुची ब्राण्डको झोला बोकेको आरोप छ ।

साथै गंगाका पति जीवन आचार्यको पनि अस्वाभाविक सम्पत्ति रहेको भनेर जनताले प्रश्न उठाइरहेका छन् । गठबन्धन फेर्दै पटक पटक प्रधानमन्त्री बनेका ‘प्रचण्ड’ले सरकारमा रहँदा विभिन्न लाइसेन्स वितरणमा भूमिका खेलेको आरोप पनि लाग्दै आएको छ ।