२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठ नगरपालिकाद्वारा सुरक्षा अधिकारीहरूसँग समसामयिक छलफल

अ+ अ-

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिकाले सुरक्षा निकायका विशिष्ट व्यक्तित्वहरूसँग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षता र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको प्रमुख आतिथ्यमा नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा विभिन्न सुरक्षा निकायका वरिष्ठ अधिकारी, कार्यपालिका सदस्य, कर्मचारी र सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गरेका थिए।

छलफलमा देशको पछिल्लो सुरक्षा अवस्था, नगरपालिकाभित्रको सुरक्षा जोखिम, नेपाल प्रहरी र नगर प्रहरीबीचको सहकार्य, सुशासन, भ्रष्टाचार न्यूनीकरण र आगामी रणनीतिबारे व्यापक विचार विमर्श भएको नगरपालिकाले जनाएको छ। वक्ताहरूले ऐतिहासिक र समसामयिक सन्दर्भमा सुरक्षा सुदृढीकरणका उपाय, जनसहभागिता र सचेतना विस्तारमा स्थानीय तहको भूमिकाबारे आ–आफ्ना धारणा राखेका छन्।

कार्यक्रममा बोल्दै नगर उप–प्रमुख अनिता लामाले समुदायमै शान्तिपूर्ण वातावरण निर्माण गर्न टोलवासीको सक्रिय सहभागिता जरुरी रहेको बताइन्। उनका अनुसार, शान्ति र सुरक्षा कायम राख्न स्थानीय स्तरमै जनसहयोग अत्यावश्यक हुन्छ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले सुशासन र उत्तरदायित्व सुनिश्चित गर्न सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले बुढानीलकण्ठ नगरपालिकाले वडा र बस्ती स्तरमा सुरक्षा सचेतना अभिवृद्धिका लागि संरचनागत व्यवस्था गर्नुपर्ने सुझाव दिए।

प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सामान्य अवस्थामा फर्कँदै गरेको काठमाडौँलाई कानुन र विधि पालनाको बाटोमा लैजान पहल भइरहेको बताए। उनले नेपाल प्रहरी र नगर प्रहरीबीच समन्वय, सिसिटिभी नेटवर्क विस्तार तथा सामुदायिक सुरक्षा साझेदारीका माध्यमबाट अपराध नियन्त्रण गर्न सकिने धारणा राखे।

कार्यक्रमको समापनमा नगर प्रमुख मिठाराम अधिकारीले निर्वाचित टिम सुशासनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले जनसहभागिता र पारदर्शितामार्फत नगरलाई सुशासनको नमुना बनाउन लागिरहेको उल्लेख गरे। उनका अनुसार, नगरपालिकाले जनताको “नजिकको साथी” मानिएको सिसिटिभी र सडक बत्तीका विस्तारमा ५० प्रतिशत लागत साझेदारी गर्दै आएको छ। उनले नगरको समृद्धिका लागि सबै क्षेत्र एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

नगरपालिकाले पछिल्ला दिनमा विभिन्न समूहसँग चरणबद्ध छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि नगरपालिकाले विद्यालयका प्रधानाध्यापक, उद्योग, होटेल तथा पर्यटन व्यवसायी, मेलमिलापकर्ता, मनोविमर्शकर्ता, नगर स्काउट र विशिष्ट प्रबुद्ध वर्गहरूसँग पनि क्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ।