२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो वाणिज्य बैंकहरुको नाफा

अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म आइपुग्दा बैंकको नाफामा उल्लेख्य घटेको हो ।

चालू आवको भदौसम्म वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएकामा थिए ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले नाफा कमाएको छ । यस बैंकले भदौ मसान्तसम्ममा १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ । जबकि यस बैंकको नाफा गत आवको तुलनामा ७.२६ प्रतिशतले घटेको छ ।

त्यस्तै, नविलको नाफा पनि १५।१७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाउँदा कुमारी बैंकले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कमाएको छ । प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कमाएको छ भने एनएमबीले १ अर्ब ३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकको रहेको छ । यस बैंकले यस अवधिमा ३५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, हिमालयन बैंकले ३७ करोड ७ लाख, माछापुच्छ्रेको ४८ करोड २० लाख र एनआईसी एशिया बैंकको ४९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।