२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक शक्तिहरू एक भएर अघि बढ्नु पर्नेमा शंकर पोखरेलको जोड

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् ।

ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘अब एमाले मात्रै एक भएर पुग्दैन, सिंगो लोकतान्त्रिक शक्ति मिलाएर अघि बढ्नुपर्छ ।’

महासचिव पोखरेलले भदौ २३ र २४ का घटनाहरू अकल्पनीय भएको भन्दै ती घटनाका पछाडि विदेशी शक्ति, राजावादी, माओवादी, समाजवादी, स्वतन्त्र भनिने समूह र रास्वपाको मिलेमतो रहेको बताए । उनका अनुसार यी शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि योजनाबद्ध घेराबन्दी गरिरहेका छन् ।

उनले भने, ‘बदलिँदो ट्रेन्ड हामीले बुझेका हौँ, तर जति गम्भीर हुनुपर्ने हो त्यो हुन सकेन । देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेका छन्, त्यसका विरुद्ध सचेत हुनुपर्छ ।’

पोखरेलले पार्टी र कार्यकर्तालाई गाउँ गाउँ र घरघरमा पुगेर एमालेको योगदान जनतासमक्ष पुर्‍याउन आग्रह गरे । उनले नाकाबन्दी, चुच्चे नक्सा जारी, सीमा विवादमा दृढ उपस्थिति, अन्तर्राष्ट्रिय फोरममा नेपालको पक्षमा हिम्मतका साथ उभिनु र पूर्वाधार विकासमा पार्टी नेतृत्वको भूमिकालाई जनताले सम्झनुपर्ने बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपालको नेतृत्वमा देउसी-भैलो प्रदर्शन गरिएको थियो ।

त्यस अवसरमा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई , केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार, रूपनारायण श्रेष्ठ, बाबुराम थापा, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेल, एमाले जिल्ला कमिटी ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तिहारको अवसरमा एक अर्कालाई शुभकामना आदान-प्रदान समेत गरिएको थियो ।