काठमाडौँ । प्रहरीले करिब ६ लाख रुपैयाँसहित जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न ठाउँहरूबाट उक्त रकमसहित २० जनालाई पक्राउ गरेको हो । पोखराको नयाँ बजारबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट २ लाख ५१ हजार ४५५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, पोखराकै विजयपुरस्थित लप्सी बोट सामुदायिक जंगलमा कौडा खेलेको आरोपमा ७ जना पक्राउ परेका छन् । उनीहरूबाट १४ थान कौडाका साथै ७७ हजार २०५ रुपैयाँ बरामद भएको छ ।
त्यसै गरी सोही राति साढे ११ बजेतिर पोखराकै मोहरिया टोलबाट २ लाख ७३ हजार ४४५ रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।







