२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज मनाइँदैछ तिहारको मुख्य दिन भाइटीका

अ+ अ-

काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका पर्व धुमधामका साथ मनाइँदैछ। आजका दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने परम्परा रहिआएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यो दिनलाई यमद्वितीया पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका तिहारको छैटौँ दिन परेको हो।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाइदिन्छन्। बदला स्वरूप दाजुभाइहरूले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा, दक्षिणा र सौभाग्यका प्रतीक वस्तुहरू अर्पण गरी सम्मान प्रकट गर्छन्।

समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालका अनुसार आज टीका लगाउन दिनभर कुनै बाधा छैन, तर साइत खोज्नेका लागि बिहान ११:३९ बजे अभिजित् मुहूर्त उत्तम मानिएको छ। यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाउने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने शास्त्रीय परामर्श समितिले दिएको छ। यसो गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने भएकाले शुभ मानिन्छ।

तिहारमा लगाइने टीकाको शास्त्रीय मान्यता पाँच रंगको -रातो, सेतो, पहेंलो, हरियो र नीलो -रहेको छ। यद्यपि पछिल्ला वर्षहरूमा सप्तरङ्गी टीका पनि लोकप्रिय बन्दै गएको छ।

टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका परिकार अर्पण गर्छन्। दाजुभाइ र दिदीबहिनी नहुनेका लागि भने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आजका दिन खुला गरिन्छ। वर्षमा एकपटक यही दिन मात्रै खुल्ने उक्त मन्दिरमा अश्रितहरू गई पूजा, दर्शन र टीका लगाउने गर्छन्।

यसैगरी जयबागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले पूजा–दर्शन गरी भाइटीका मनाउने परम्परा रहेको छ। विसं २०३५ अघि रानीपोखरीमा मानिस हामफाल्ने समस्या देखिएपछि केही समय बन्द गरिएको बालगोपालेश्वर मन्दिर त्यसयता नियमित रूपमा खुल्दै आएको छ।

नेवार समुदायले आजको दिनलाई “किजा पूजा” का रूपमा मनाउँछन्। भक्तपुरका नेवार समुदायका केही समूहले भने तलेजु मन्दिरका पुजारीको निर्णयअनुसार बुधबार नै किजा पूजा सम्पन्न गरेका छन्।