२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसैले चुनाव भाँड्ने प्रयास नगर्न नवनियुक्त स्वास्थ्य मन्त्री आग्रह

अ+ अ-

काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् ।

सोमबार काठमाडौँको ट्रमा सेन्टर, शिक्षण अस्पताल र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटपछि मन्त्री गौतमले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँसु बनाउँदै मन्त्री गौतमले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराएकी हुन् ।

‘बिरामीहरूको अवस्था हेर्दा मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ, त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।

मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको बताइन् ।

‘हाम्रो जनआन्दोलनको मर्म कुरीति, बेथितिहरू सबै हट्नू भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ,’ उनले भनिन्, ‘मैले गरेका कामहरू कति, के भयो भन्ने कुरा म पारदर्शी ढंगले देखाउनेछु ।’

सिनामंगल पुगेकी गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताइन् ।

उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको जानकारी दिइन् । उपचाररत घाइतेमध्ये एक जना महिला रहेकी र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् ।

त्यहाँ उपचाररत अर्का घाइते भने गोली लागेर उपचाररत रहेको मन्त्री गौतमले जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै उनले भनिन्, ‘यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । सुशासनको मुद्दा हामीले बिर्सिनु हुँदैन,’ उनले भनिन् ।

उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन् ।