काठमाडौँ । बांङ्लादेशमा जारी काभा नेसन्स कप भलिबलमा नेपालले चौथो हार खेपेको छ ।
ढाकास्थित इन्डोर हालमा सोमबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भयो । श्रीलंकाले नेपालमाथि २५-१८, २५-१७, २५-२० को जित निकालेको हो । यसअघि आइतबार नेपाल अफगानिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
त्यसअघि नेपाल तुर्कमेनिस्तानसँग ३-० र बांङ्लादेशसँग ३-२ को सेटमा पराजित भएको थियो । नेपालले माल्दिभ्सलाई भने ३-० को सेटमा हराएको थियो । प्रतियोगितामा नेपालसहित ६ टोलीको सहभागिता रहको छ । शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।







