२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा हिमपातबाट प्रभावित विदेशी पर्यटक र नेपाली नागरिकको उद्धार

अ+ अ-

मनाङ । मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको सफल उद्धार गरिएको छ।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा करिब १,५०० जना नेपाली नागरिक र २०० भन्दा बढी विदेशी पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ।

तीव्र हिमपातका कारण पदमार्गहरू अवरुद्ध भएका र तापक्रम अत्यधिक घटेकाले पर्यटक र स्थानीयवासीहरू विभिन्न ठाउँमा फसेका थिए। उद्धार टोलीहरूले कठिन मौसमका बीच हेलिकप्टर तथा स्थलमार्ग दुबै प्रयोग गरी उद्धार कार्य सञ्चालन गरेको जनाइएको छ।

स्थानीय प्रशासनका अनुसार उद्धार गरिएका सबै व्यक्तिहरूलाई सुरक्षित स्थानमा राखिएको छ र आवश्यक स्वास्थ्य जाँच तथा आवासको व्यवस्था गरिएको छ।