काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले समयसीमा तोकेर तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक गरेको छ । मन्त्रालयले विभिन्न समयसीमा राखेर १२ बुँदामा तत्काल सुधार कार्ययोजना’ सार्वजनिक गरेको हो ।
जसमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित नागरिकको गुनासो सुन्न र समाधान प्रयासका लागि गुनासो कक्ष स्थापना गर्ने उल्लेख छ । जसको समयसीमा ७ दिनको राखिएको छ ।
अन्तरास्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा मापदण्ड बमोजिम खुला प्रतियोगिता गराएर मात्र छनोट गर्ने कार्यविधि सार्वजनिक गर्न १५ दिनको समयसीमा तोकिएको छ।








