काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् ।
एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् ।
संख्याले मात्र हुने भए काँग्रेस र एमालेको सरकार जेन जेड आन्दोलनबाट ढल्न नपर्ने उनको भनाइ थियो ।
‘प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपर्ने अवस्था छ । अनि तिनले ट्याउँट्याउँ गरेर हुन्छ,’ भुसालले भने, ‘तिनी र म उस्तै हो । बरु म चाहिँ बाटोमा हिँड्दै छु । त्यसले गर्दा ठूलो र सानो, बहुमत र अल्पमतले मात्र हुन्न ।’
भुसालले पार्टी विभाजनका क्रममा सङ्ख्या हेरेर कित्ता हेर्ने दौडमा नकुद्न आग्रह गरेका छन् ।







