काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका प्रभावितहरूले हेलम्बुमा रहेको मुख्य मुहान बन्द गरेका छन् ।
तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै प्रभावितहरूले काठमाडौँ पठाउने मेन टनेल बन्द गरेका हुन् ।
२०८१ असोज २१ गते तत्कालीन खानेपानी मन्त्री यादवसँग भएको सम्झौता कार्यान्वयन गर्न आलटाल गरेको प्रभावितहरूको गुनासो छ ।
हेलम्बुबाट नि:शुल्क पानी लगे पनि काठमाडौँमा उपत्यका खानेपानी ले रकम असुल गर्ने गरेको छ । हेलम्बुको पानी लगेर काठमाडौँ बासीलाई बेचेर केयुकेएल धनी भए पनि हेलम्बुबासीको लागि एक रुपैयाँमा पनि नदिएको स्थानीयको आरोप छ । काठमाडौंबासीलाई कि नि: शुल्क पानी वितरण गर्नुपर्ने नभए पानी बेचेर आएको २५ प्रतिशत लेबी प्रभावितलाई बुझाउनुपर्ने उनीहरूको माग छ ।







