२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी : ‘सरकारले अर्थतन्त्र चौपट पार्दैछ, देशका लागि काम गरिरहेको छैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार देशको अर्थतन्त्र चौपट पार्नतिर केन्द्रित भएको आरोप लगाएका छन्। 

विद्वता वर्गको अन्तर संवादमा बोल्दै यो सरकारले चुनाव नै नगराउने जिकिर गरेका छन्।

उनले भने, ‘यो सरकार कसका निम्ति काम गर्दैछ थाहा छैन। तर नेपालका निम्ति काम गर्दै छैन। म अखबारहरूमा हेरिरहेको छु, कुन कुन कम्पनीलाई कस छुट दियो भन्ने आइरहेका छन्। नियम अनुसार अघि बढ्दथ्यो। त्यो रोकेर कसका लागि काम गर्दैछ ? नेपालका लागि ?’

उनले यो असंवैधानिक सरकार रहेको जिकिर गरे। उनले संसद् विघटन असंवैधानिक भएकाले आफूहरूले नागरिक सर्वोच्चताको कुरा गरिरहेको बताए।

उनले यो सरकार बनेपछि झन् धेरै भ्रष्टाचार बढेको आरोप लगाए। व्ययवासीहरूको उद्योगमा विद्युत् काटेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘बिल दिनू, पैसा असुल गर्नु नि, सकिहाल्यो। बिलसहित प्रमाण दिनु नि हुन्छ होला नि त्यहाँ। तर सरकारले कति बिजुली दियो भन्ने प्रमाण छैन।’