२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल

अ+ अ-

काबुल । अफगानिस्तानको तालिबान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै इस्लामवादको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’ लाई मुख्य कारण ठहर गरेको छ । 

काबुलले वार्ता असफल भएपछि दुवै देशबिच पुनः हिंसा भड्किने डर व्यक्त गरेको छ । दक्षिण एसियाली छिमेकी दुवै मुलुकबिच गत अक्टोबर १९ मा कतारमा युद्धविरामका लागि प्रारम्भिक सहमति भएको थियो । उक्त समझदारीलाई अन्तिम रूप दिन दुई देशका प्रतिनिधिहरूले बिहीबार टर्कीमा भेट गरेका थिए । तर लामो समयदेखि सुरक्षा विषयमा मात्र केन्द्रित रहँदै आएको वार्ताको ठोस विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन् । 

‘वार्ताका क्रममा पाकिस्तानी प्रतिनिधिहरूले आफ्नो सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि थोपर्ने प्रयास गरेका थिए, तर न त आफ्नै सुरक्षा सुनिश्चित गर्न चाहेका थिए, न त अफगान सुरक्षाबारे कुनै स्पष्ट दृष्टिकोण दिएका थिए’, तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत लेख्दै भने, ‘पाकिस्तानी टोलीको गैरजिम्मेवार र असहयोगी मनोवृत्तिका कारण वार्ता कुनै परिणाममा पुग्न सकेन ।’

यसबारे पाकिस्तान सरकार न मध्यस्थकर्ताहरू दुवैले तुरुन्तै कुनै प्रतिक्रिया दिएका छन् । ‘आतङ्कवाद दमनको जिम्मेवारी अफगानिस्तानकै हो, तर उनीहरू यसमा असफल भइरहेका छन्’, पाकिस्तानका सूचना मन्त्री अत्ताउल्ला तरारले भने वार्ता असफल हुने सङ्केत एक दिनअघि नै दिँदै भनेका छन्, ‘पाकिस्तानले आफ्ना जनताको सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन आवश्यक सबै विकल्पहरू प्रयोग गर्न जारी राख्नेछ ।’

अफगानिस्तान र पाकिस्तानबिच हालका वर्षहरूमा दुई हजार ६०० किलोमिटर लामो साझा सीमामा बारम्बार हिंसात्मक झडपहरू हुँदै आएका छन् । पाकिस्तानले अफगानिस्तानमाथि आफ्ना भित्री क्षेत्रमा आक्रमण गर्ने आतङ्कवादी समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई तालिबान सरकारले निरन्तर अस्वीकार गर्दै आएको छ ।

इस्लामवादले विशेष गरी पाकिस्तानी तालिबान (तेहरिक–ए–तालिबान पाकिस्तान) नामक समूहलाई काबुलले समर्थन गरेको दाबी गर्दै आएको छ र यसमा रोक लगाउन औपचारिक ग्यारेन्टी माग्दै आएको छ । तर तालिबान सरकारले आफ्नो भूमिमा त्यस्ता समूहहरूको अस्तित्वलाई नकार्दै पाकिस्तानले आफैँ अफगान सार्वभौमसत्तामा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

गत महिनामा मात्र दुवै देशबिचको सीमा क्षेत्रमा भएका घातक झडपमा ७० जनाभन्दा बढी व्यक्तिको मृत्यु र सयौँ घाइते भएका थिए । यस्ता घटनाका कारण दुवै पक्षले फेरि युद्धविराम तोड्ने चेतावनी दिएका छन् ।

अफगानिस्तानको स्पिन बोल्डक क्षेत्रमा भएको पछिल्लो झडपपछि दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन् । जिल्ला अस्पतालका एक अधिकारीले एएफपीसँग कुरा गर्दै चार महिला र एक पुरुषसहित पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

तालिबानका प्रवक्ता मुजाहिदले भने-  ‘हामीले वार्ता टोलीप्रति सम्मान देखाएका छौँ र नागरिकहरूको ज्यान बचाउन संयमता अपनाएका छौँ ।’  यसैबिच, इस्लामावादले अफगानिस्तानले आफ्ना दीर्घकालीन छिमेकी सम्बन्धहरूलाई कमजोर पार्दै ऐतिहासिक शत्रु भारतसँग घनिष्ठता बढाउने प्रयास गरेको आरोप पनि लगाएको छ ।

यो पछिल्लो असफल वार्तासँगै अफगानिस्तान र पाकिस्तानबिचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ, जसले क्षेत्रीय स्थिरतामाथि थप चुनौती सिर्जना गर्ने विश्लेषकहरूको ठम्याइ रहेको छ ।