२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आश्रम निर्माण गर्न एकै दिन ५५ लाख संकलन

अ+ अ-

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम संकलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो ।

कथा वाचानको पहिलो दिन शनिबारदेखि उल्लासपूर्ण सहभागितामा सहयोग संकलन सुरु भएको आश्रमले जनाएको छ । शनिवार मात्र आश्रम निर्माणका लागि रु. ५५ लाखभन्दा बढी रकम संकलन भएको छ । कथा वाचनको पहिलो दिन नै तीन वटा कोठा निर्माण सहयोग जुटेको छ भने अन्य दाताले रु पाँच हजारदेखि रु एक लाख ५० हजारसम्म सहयोग गरिरहेका छन् ।

शनिबार बागलुङ नगरपालिका–४ का रामनारायण पौडेल र पार्वती पौडेलले मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक कोठा बराबरको रकम सहयोग गरेका छन्  । बागलुङ शाखाको भवन निर्माण गरी सहयोगी पेक्षी सडक आश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा पौडेल परिवारले भवनको एक कोठा निर्माणमा लाग्ने रकम उपलब्ध गराएका हुन् । उनीहरूले रु. पाँच लाख ११ हजार योगदान गरेको आश्रमले जनाएको छ ।

यस्तै बागलुङ नगरपालिका–४ नम्बर वडा कार्यालयले आश्रमको  एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ । वडा कार्यालयले भवनको एक कोठा निर्माणका लागि रु. पाँच लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ । महायज्ञ स्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले उक्त सहयोग गरेका छन्।

वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिँदै आएकामा मानव सेवा आश्रमको भवन निर्माणमा समेत हातेमालो गरेको हो । वडा कार्यालयले गरेको यस अर्थपूर्ण सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गरेको आश्रमले जनाएको छ । आश्रमले सडक आश्रित, असहाय र अपांगता भएका व्यक्तिको पुन:स्थापनामा निरन्तर काम गर्दै आएको छ । आफ्नै भवन निर्माणपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेको छ ।

यस्तै काठेखोला गाउँपालिका–५ फूलपाती डाँडा विहुँकोट बागलुङका भीमकुमारी निउरे र लीलाराम निउरेद्वारा मानव सेवा आश्रम  शाखाको भवन निर्माणका लागि रु पाँच लाख ११ हजार सहयोग गरेका छन् । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने छ । महायज्ञमा कमलनयन गौतमले कथा वाचन गरेका छन् ।