२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उज्यालो नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोग पुग्यो कुलमानको टिम

अ+ अ-

काठमाडौँ । दल दर्ताका लागि तीन महिनाअघि नै निर्वाचन आयोगमा पेश भएको ‘उज्यालो नेपाल पार्टी’ लाई ऊर्जा मन्त्री कुलमान घिसिङले स्वामित्व लिने भएका छन् ।

यसअघि ज्ञानबहादुर तामाङ अध्यक्ष रहने गरी निवेदन पेश भएकोमा त्यसलाई संशोधन गरी पूर्वसचिव अनुपकुमार उपाध्यायलाई प्रस्ताव गरिएको छ ।

गत साउन २७ मा निवेदन दिइएको भए पनि आवश्यक कागजात नपुगेकाले दल दर्ता भएको थिएन । आयोगका अनुसार अनुसूची ३ लगायतको विवरण पेश नभएकाले दर्ता नगरिएको हो । सोही निवेदनमा संशोधन गरेर कुलमानको टिमले पार्टी गठन गर्न लागेको छ । प्रस्तावित उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बसेर उपाध्यायलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

पहिल्यैको निवेदनमा दलको निर्वाचन चिन्ह बलेको चिम माग गरिएको छ । मंगलवार अद्यावधिक विवरण पेश गर्दा केन्द्रीय समितिमा यसअघि अध्यक्ष प्रस्ताव गरिएका तामाङसहित ५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको अगुवाइमा गरिएको भए पनि दलको कुनै पदमा उनी रहने छैनन् । केन्द्रीय समितिमा को-को छन् भन्ने पनि खुलाइएको छैन ।

यसैबीच आयोगमा मंगलवार थप २ वटा दल दर्ताका लागि निवेदन पेश भएको छ । जसमा रमणकुमार कर्ण अध्यक्ष रहने गरी जनादेश पार्टी नेपाल र निर्वाचन चिन्ह एक हातले समातेको माइक प्रस्ताव गरिएको छ । यस्तै, प्रशान्त सिंह अध्यक्ष रहने गरी पिपुल फर्स्ट पार्टी र निर्वाचन चिन्ह विजयको प्रतीक चिन्ह प्रस्ताव गरिएको छ ।