२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा समूहका कर्मचारीको दरबन्दी कटौतीप्रति नेपाल निजामती कर्मचारी संगठनको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले लेखा समूहका कर्मचारीहरूको दरबन्दी कटौतीका विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । 

संगठनले मंगलबार जारी गरेको विज्ञप्तिमा देशमा बढ्दो बेरोजगारी, विदेशी रोजगारतर्फ बढ्दो आकर्षण र विभिन्न कार्यालयहरूमा कर्मचारी अभावको अवस्थामा लेखा समूहका दरबन्दी कटौती हुनु गम्भीर विषय रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा लेखा समूहका कर्मचारीहरूको दरबन्दी घटाउँदा लेखा प्रशासन प्रणाली, पेन्सन भुक्तानी, सेवाको सुरक्षा, तत्कालीन र दीर्घकालीन वित्तीय विकासमा नकारात्मक असर पर्ने बताइएको छ ।

संगठनका अध्यक्ष सुनिल न्यौपानेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, “दरबन्दी कटौती केवल संख्यात्मक विषय होइन, यसले हजारौँ कर्मचारीको रोजगारीमा असर पुर्‍याउनेछ र राष्ट्र सेवामा अवरोध ल्याउनेछ । लेखा समूहको संरचना सुदृढ बनाउनका लागि सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्दछौँ।”