काठमाडौँ । आठ जना उपसचिवस्तरीय प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
तीमध्ये तीन जनालाई अन्य पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ भने बाँकीलाई विभिन्न मन्त्रालयमा सरुवा गरिएको छ ।








