२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्याल र नवनियुक्त आइजिपी कार्कीले गरे घाइते जेन जेड र उनीहरूका प्रतिनिधिसँग भेट

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले घाइते जेन जेड र उनीहरूका प्रतिनिधिसँग भेट गरेका छन् ।

उनीहरूले संयुक्तरुपमा गृह मन्त्रालयमा जेन जेड आन्दोलनमा घाइते भएका दुई जना र जेन जेड प्रतिनिधिसँग भेट गरेका हुन् । भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेन जेडका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका छन् ।

यसअघि आइजिपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि कार्कीले गृहमन्त्री अर्यालसँग उनकै कार्यकक्षमा भेटघाट गरेका थिए ।

भेटमा गृहमन्त्री अर्यालले आइजिपीमा बढुवा भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सद्भाव, अमनचैन र नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन दिए ।

सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रूपमा हुने आदेश र निर्देशको परिधीभित्र रही आफू र आफ्नो संगठनले सधैँ जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्दै आफू दत्तचित्त भई लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।