काठमाडौँ । २१ फागुनमा प्रतिनिधि सभाको मध्यावधि निर्वाचन तोकिएयता निर्वाचन आयोगमा दल दर्ताको काम धमाधम भइरहेको छ।
२३ र २४ भदौमा भएको जेन जेड आन्दोलनयता दल दर्ताका लागि २७ वटा निवेदन परेका छन्। त्यसअघिका ९ वटा निवेदन समेत गरी ३६ वटा दल दर्ताका निवेदन आयोगमा विचाराधीन अवस्थामा छ।
शुक्रबार एकै दिन चारवटा नयाँ दलले दर्ताको लागि निवेदन दिएका हुन्। आयोगका अनुसार अद्यावधिक दलको संख्या हाल १२६ वटा रहेको छ ।







