२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६० भन्दा बढी कर्मचारी र शिक्षकलाई हाजिर नगर्न पालिकाको अनुरोध

अ+ अ-

काठमाडौँ । ६० भन्दा बढी कर्मचारी तथा शिक्षकलाई हाजिर नगर्न पालिकाले अनुरोध गरेको छ।

दैलेखको भैरवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि करार अवधि थप नभएका कर्मचारी र सामुदायिक विद्यालयमा पालिकाको अनुदानबाट पारिश्रमिक पाउँदै आएका शिक्षक तथा कर्मचारीलाई हाजिर रोक्न भनेको हो ।

कार्यपालिका बैठकको निर्णयअनुसार करार अवधि समाप्त भएर म्याद नवीकरण नभएका कर्मचारी तथा अनुदानबाट पारिश्रमिक खाने शिक्षकलाई हाजिर नगर्न अनुरोध गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन प्रसाद शर्माले जानकारी दिए। पालिकामा हाल ६० भन्दा बढी करार कर्मचारी र शिक्षक रहेको उनले बताए ।

उनका अनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा नगरपालिका बजेटबाट तलब–भत्ता पाउँदै आएका करार शिक्षक, विद्यालय कर्मचारी, लेखा सहायक र बाल विकास सहयोगीका लागि विनियोजित बजेट आर्थिक वर्ष २०८२/८३ को श्रावणदेखि कार्तिक मसान्तसम्मका लागि मात्र पर्याप्त भएको छ। चाडपर्व खर्चसमेत समेट्दा उपलब्ध स्रोत सकिएका कारण आजदेखि अनुदानबाट तलब–भत्ता उपलब्ध गराउन नसकिने अवस्था आएको उनले बताए।

यस कारण अनुदानमार्फत तलब-भत्ता पाउँदै आएका शिक्षक तथा कर्मचारीलाई हाजिर नगर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले बताए । साथै, सो अनुरोध विपरीत कार्य भएमा त्यसबाट उत्पन्न आर्थिक दायित्व गाउँपालिकाले वहन गर्न नसक्ने उनले जानकारी दिए ।