काठमाडौँ । सरकारले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको मार्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एव सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेका अनुसार मार्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी मार्चवारीमाई र वडा नम्बर ३ रायपुरबाट वडा नम्बर ४ खैरा केन्द्र कायम गर्ने निर्णय गरिएको छ ।







