काठमाडौँ । नेपाल प्रहरीले गए राति २५ किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगर-१३ जिरो प्वाइन्टबाट मोटरसाइकलमा ल्याउँदै गरेको २५ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । चालक भने फरार रहेको छ ।
बरामद गरिएको गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







