२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतद्वारा नेपाललाई ७० मिटर लामो १० वटा बेलिब्रिज सहयोग

अ+ अ-

काठमाडौँ। भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ ।

गतवर्ष असोज अन्तिममा बाढी पहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मूल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो ।

हेटौँडामा आज बिहीबार सडक डिभिजन कार्यालयमा भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई बेलिब्रिज पुल हस्तान्तरण गरेका छन् ।

भारतीय राजदूत श्रीवास्तवले नेपालको पूर्वाधार विकासमा भारतले सहयोग पुर्‍याउँदै आएको बताए । हाल उपलब्ध गराइएको बेलिब्रिज लामो र टिकाउ रहेको उनको भनाइ थियो । भारत-नेपालको विकासमा लामो सहकार्य रहेको बताउँदै राजदूत श्रीवास्तवले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपालको विकासमा भारत सधैँ सहयोगी बन्दै आएको उनले बताए ।

भौतिक मन्त्री घिसिङले ७० मिटर लामो १० वटा बेलिब्रिज उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए । उनले पूर्व–पश्चिम राजमार्गदेखि भित्री मधेश जोड्ने हुलाकी राजमार्गको निर्माणमा भारतले पुर्‍याएको सहयोगको प्रशंसा गरे । पूर्वाधार निर्माणले मुलुकको आर्थिक वृद्धिदर मात्र नभई नागरिकलाई राष्ट्रसँग पनि जोड्ने घिसिङको भनाइ थियो ।

सरकारले गत असोजमै भारत सरकारसँग बेलिब्रिज सहयोगका लागि अनुरोध गरेकोले यसवर्ष पनि १० वटा बेलिब्रिज उपलब्ध भएको भौतिक मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए । नेपालमा ५० मिटर लम्बाईसम्मका बेलिब्रिज खरिद गर्न पनि समस्या रहेको बताउँदै भारतले उपलब्ध गराउने १० वटा बेलिब्रिज पुल सिंगल लेनको ७० मिटर लम्बाई र ५ दशमलव २५ मिटर चौडाइका रहेको सचिव शर्माले बताए । यसअघि दिइएको पुल ५० मिटर भन्दा माथि विभिन्न लम्बाईका रहेको जनाइएको छ ।

तत्काल चार वटा बेलिब्रिज जडान गर्नुपर्ने अवस्था रहेको शर्माले जानकारी दिए । भारतले उपलब्ध गराउने भनिएको १० वटा पुलमध्ये हाल एउटा मात्रै आइपुगेको छ । सचिव शर्माले भारतले पुल जडानमा प्राविधिक सहयोग पनि गर्ने र नेपालका प्राविधिकहरूका लागि नयाँ प्रविधिको सिकाई हुने विश्वास व्यक्त गरेका छन् ।