२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने : ‘महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताएका छन् । 

नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले ललितपुरको गोदावारीमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व निर्माणमा मात्र केन्द्रित हुने बताएका हुन्।

“हामीले भर्खरै गोदावरीमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर पार्टीको नीति बनाइसकेका छौँ । त्यो नीतिमा कसैले पनि असहमति जनाएका छैनन्”, उनले भने, “ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा पनि जेन जेड आन्दोलनबारे पार्टीले दृष्टिकोण बनाएको छ । त्यसलै अब ती नीति, विधि र दृष्टिकोणमा छलफल आवश्यक छैन, नेतृत्वको चयन हुन्छ ।”

एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तोकिएको छ । महासचिव पोखरेलले उनले बलियो राजनीतिक शक्तिको निर्माण सही नीति, कार्यक्रम र प्रभावकारी नेतृत्वबाट मात्र हुने धारणा राखेका छन्। 

संविधान र कानुनअनुसारको राज्य निर्माणको बाटोमा एमाले प्रतिबद्ध रहेको उनले बताए । उनले अहिलेको असामान्य परिस्थितिमा विशेष सांगठनिक योजनाका साथ पार्टी अगाडि बढ्न खोजेको उल्लेख गरे ।