२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामन्त्री सिंहद्वारा बाह्रबुँदे अवधारणा प्रस्तुत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जेन जेड आन्दोलन हुनुका पछाडिका कारणबारे १२ बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ ।

आज यहाँ सार्वजनिक अवधारणा पत्रमा देशको राजनीति र आन्दोलनलाई समेत सही दिशा निर्देशन गर्नुपर्ने जिम्मेवारी आएको उल्लेख छ । 

“हामीले उपर्युक्त परिस्थितिमा सही दिशा निर्देशन गरेर देशलाई अगाडि बढाउनुपर्छ, अन्यथा देश अप्ठेरोमा पर्न सक्छ”, अवधारणा पत्रमा भनिएको छ । 

विघटित प्रतिनिधि सभाको पुन:स्थापना वा नयाँ चुनाव दुवै अवस्थामा बहुदलीय व्यवस्थाको रक्षा वा उपयोग हालका लागि सही नीति हुने पनि अवधारणा पत्रमा समेटिएको छ । यस्तै, मुलुकमा पटक-पटक हुने घटना  र आन्दोलनमा देशभित्रका राजनीतिक गतिविधि र ‘जेन जेड’ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय परिप्रेक्षकमा पनि हेर्न र बुझ्ने प्रयत्न गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

उक्त पार्टीद्वारा आज यहाँ आयोजना गरेको ‘नेपालको तत्कालीन राजनीतिक परिस्थिति र जेन जेड आन्दोलन’ विषयक  कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रदर्शनका क्रममा  युवा विद्यार्थीमाथि भएको दमन र घुसपैठमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले भने, “सिहदरबार र सर्वोच्च अदालत आगजनी हुँदा कैयौँ ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्त्वका दस्ताबेज ध्वस्त भए, यस प्रकारका अपराधजन्य घटनाको छानबिन गरी दोषीलाई सजाय दिनु धेरै आवश्यक छ ।”

महामन्त्री सिंहले देशी-विदेशी शक्तिले नेपाललाई अस्थिर तुल्याएर आफ्ना स्वार्थ पूरा गराउन प्रयत्न गरिरहेकाले यस्ता घटनाका पछि त्यसखाले स्वार्थ लुकेको हुन सक्नेतर्फ सबै चेतनशील र प्रबुद्ध समूहको ध्यान जान आवश्यक रहेको पनि जिकिर गरे । उनले नेपालको भविष्य पनि ‘जेनजी’ पुस्तामाथि निर्भर रहेको बताउँदै त्यसका लागि उनीहरू उच्च प्रकारको दर्शन, सिद्धान्त, नीति, कार्यक्रम वा देश र जनताको सेवाको भावनाद्वारा निर्देशित हुनुपर्छ भने ।

पार्टीका उपाध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा पौडेलले देशका पुराना राजनीतिक दलका कमजोरी, भ्रष्टाचार र सामाजिक सञ्जाललाई निष्क्रिय तुल्याइएको विषय उठान गरी भएको जेनजी प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको पक्षलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको बताए । उनले भने, “युवा पुस्ताले पनि जोश, होससँगै परिपक्वता देखाउन आवश्यक छ ।”

वामपन्थी नेता डा. विजय पौडेलले राजनीतिक दल र नेताले देश विकासका लागि आवश्यक पर्ने कृषि, औद्योगिक क्रान्ति, रोजगारीका विषयमा बहस केन्द्रित गर्नुपर्नेमा व्यक्ति विशेषलाई पार्टी सदस्य दिने कि नदिने भन्नेमा अल्झिदा मुलुकले अनावश्यक क्षति बेहोर्नुपरेको प्रतिक्रिया दिए ।

अग्रज पत्रकार देवप्रकाश त्रिपाठीले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घुसपैठले नेपालको इतिहास, धर्म, संस्कृति र महत्त्वपूर्ण संरचनामाथि  आक्रमण भएको बताए । उनले नेपालाई संस्थागत हुन नदिने मात्र नभई संविधान र कानुनबमोजिम चल्न नदिने षडयन्त्रका रूपमा विभिन्न घटना हुने गरेको चर्चा गर्दै नेपालीबीचको एकता आजको आवश्यकता हो भन्ने पाटोलाई बुझिदिन आग्रह गरे ।

जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले राज्य सञ्चालन गर्ने राजनीतिक दललाई जनताले बेलाबखत सुध्रिन दिएको सुझावलाई आत्मसात् नगरेकाले पछिल्लो अवस्था आएको धारणा राखेका छन्।