काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।
प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईँलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो ।







