काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर ‘जेन जेड’ युवाहरूको भीड बढेको छ।
आज दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने र ज्ञापन पत्र बुझाउने उद्देश्यले उनीहरू सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्य ढोकासम्म पुगेका हुन्।
फरक-फरक समूहका जेन जेड प्रतिनिधि क्रमशः कार्यालयको ढोकामा भेला हुँदै गएपछि त्यहाँ भीड थप बढेको थियो। भीडको चाप बढेपछि सुरक्षाकर्मीको संख्या पनि अतिरिक्त रूपमा परिचालन गरिएको छ।
प्रधानमन्त्रीसँग भेट नभएसम्म ढोकामै बस्ने उनीहरूले बताएका छन्। साथै, उनीहरूले प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको राजीनामा माग गरेका छन्। श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै नातेदारलाई नियुक्त गरेको आरोप लगाइएको छ।







