२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने भीम रावलको दाबी 

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आगामी निर्वाचनमा सबैभन्दा ठुलो पार्टी नेकपा बन्ने दाबी गरेका छन् ।

धनगढीमा सुरु भएको नेकपाको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दे उनले नेकपा ताजा जनादेशको लागि तयार रहेको बताएका थिए । उनले निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्नेमा जोड दिए।

‘नेकपा ताजा जनादेशको लागि तयार छ । निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने छ । त्यो निर्वाचन भयरहित बनाउन सरकारले गोली बन्दुकहरू आफ्नो नियन्त्रण लियोस्’ उनले भने, ‘यो सरकार निर्वाचनको लागि मात्रै हो । निर्वाचन मात्रै गर्नुपर्छ । अरू सम्धी सम्झौता गर्न पाउँदैन । ’

उनले जेन जेडको आवाज पनि नेकपाले बोक्ने बताएका थिए । केपी ओलीले समस्या सृजना गरेर भागेर फेरी भक्तपुरमा पुगेर जनतालाई धम्क्याउन लागेको उनको आरोप थियो । उनले ओलीकै कारण एमालेमा ठुलो समस्या पैदा हुँदै गएको बताएका थिए ।

‘नेकपा एमालेलाई बलियो बनाउन १० बुँदे सहमति भएको थियो तर त्यो पनि ओलीले च्याते । पछि फेरी सिद्धान्त विपरीत काँग्रेस विरुद्ध गठबन्धन गरेर पद बाढिचुढि खाए ’ उनले भने , ‘गठबन्धन सरकारबाट हाम्रो र देशको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका खरानी भयो । केपी ओली त्यही खरानी घसेर जनतालाई तर्साउन खोजिरहनु भएको छ । ’