२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीले आज पनि छलफल गर्दै

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलफल गर्ने भएका छन् ।

महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि सभापति देउवा, कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा आज तेस्रो दिन पनि छलफल गर्न लागेका हुन् ।

उनीहरूबीच आज दिउँसो २ बजे सभापति देउवा बस्दै आएका महाराजगन्जस्थित निवासमा छलफल हुने तय भएको छ । देउवाले बिहिबारदेखि नै निरन्तर खड्का र महामन्त्रीद्वयसँग छलफल गरिरहेका छन्। यद्यपि कुनै सहमति जुट्न सकेको छैन।

हिजोको छलफलमा चुनावअघि महाधिवेशनको विपक्षमा उभिएका आफूनिकट नेताहरू कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि बोलाएर छलफल गरेका थिए।

महाधिवेशनको मितिमा सहमति नजुट्दा काँग्रेसको केन्द्रीय समिति बैठक पटक पटक सार्दै आइरहेको छ। अब अर्को बैठक भोलि आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ।

महाधिवेशन चुनावअघि वा पछि गर्नेमा काँग्रेसमा विवाद छ। अर्कोतर्फ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागको आधारमा विशेष महाधिवेशन गर्नुपर्ने लिखित प्रस्ताव गरिएको छ।