२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकतामा आउने नेताहरू व्यवस्थापन गर्न रास्वपाद्वारा फेडरल लिडरसिप फोरम गठन

अ+ अ-

काठमाडौँ । एकतामा आउने नेताहरू व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेडरल लिडरसिप फोरम (संघीय नेतृत्व मञ्च) बनाएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार यही १२ मंसिरमा साँझ रास्वपाको विशेष बैठक (भर्चुअल) बसेको थियो । जसबाट संघीय नेतृत्व मञ्च स्थापनाको निर्णय अनुमोदित भएको थियो ।

असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको ‘उच्च संवाद समिति’लाई केन्द्रीय समितिले यही ३ मंसिरमा निर्देशन दिएको थियो ।

उक्त निर्देशन अनुरूप पार्टी सचिवालयले संघीय नेतृत्व मञ्च गठनको प्रस्ताव गरेको थियो जसलाई विशेष बैठकले अनुमोदित गरेको हो । नेताहरूका एकता प्रक्रियामा आउने नेताहरू व्यवस्थापन गर्न फेडरल लिडरसिप फोरम बनाइएको हो ।

आज मात्रै रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि एकता घोषणा सभा आयोजना गरिएको छ ।