२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असई रागनीकुमारी उत्कृष्ट प्रहरी घोषित

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव देशभरकै उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।

लैंगीक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल प्रहरीको प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूमध्ये रागनीकुमारीलाई उत्कृष्ट चयन गरेको हो ।

आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रथम स्थान हासिल गरेकोमा नगद ४० हजार रुपैयाँसहित प्रशंसा-पत्र प्रदान गरेका छन् ।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भएकी रागनी हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत छिन् ।

आर्थिक वर्ष २०८१र०८२ को लैंगिक हिंसाको तथ्य पत्र सार्वजनिकीकरण कार्यक्रमको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीमध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले उनको नाम छनोट गरेको हो।

अर्घाखाँची प्रहरी चौकी बालकोटमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्री द्वितीय भएकी छन् । उनले ३० हजार रुपैयाँ नगदसहित प्रमाण-पत्र प्राप्त गरिन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङले तेस्रो भइन् । प्रहरी प्रधान कार्यालयले उनलाई २० हजार रुपैयाँ नगद तथा प्रशंसा-पत्र प्रदान गरेको छ ।

प्रहरी नायब निरीक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईँलाई नगद १० हजारसहित सान्त्वना पुरस्कार दिइएको छ।