२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री घिसिङले भने : ‘सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छ’

अ+ अ-

काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन योग्य नेतृत्व चयन गर्ने समय आएको बताएका छन् ।

आज धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, एक हजार २०० प्राचीन अष्टगुरु रिन्पोछे लीला विश्व शान्ति पूजा तथा ङ्युङ्ने व्रत २०८२’ को समापन समारोहमा उनले नयाँ सोचका व्यक्ति र वैकल्पिक शक्ति एकजुट भएर अघि बढे मात्र मुलुकले रूपान्तरणको मार्ग समात्ने भन्दै त्यो अवसर नगुमाउन आग्रह गरेका छन् ।

मन्त्री घिसिङले आपसी गालीगलौज र आरोप प्रत्यारोपले होइन, एकता र सहकार्यले मात्र राष्ट्र अघि बढ्ने स्पष्ट पारे । उनले भने, “हामी एक अर्कालाई गाली गरेर होइन, एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो । सबै एक भएर अघि बढ्दा मात्र देश समृद्धितर्फ जान्छ ।”

उनले आगामी निर्वाचनलाई देश परिवर्तनको ठूलो अवसरका रूपमा व्याख्या गर्दै जनतालाई जिम्मेवारीपूर्वक सही नेतृत्व छनोट गर्न आग्रह गरे । 

“नेपाललाई अन्धकारबाट उज्यालोतिर लैजान सही नेतृत्व छान्नुपर्छ । सही व्यक्ति सही समयमा सही स्थानमा पुग्यो भने देश विकासले गति लिन्छ”, घिसिङले भने,“राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन । सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र युवाका लागि रोजगारी सिर्जना नभएसम्म देशले वास्तविक उन्नति हासिल गर्न सक्दैन । राजनीति बदलिँदैमा देश बन्दैन, प्रणाली बलियो हुनुपर्छ । युवालाई रोजगारी नदिए, सुशासन नआए, समृद्धि आउँदैन ।”

वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने रहेको उल्लेख गर्दै उनले नेपाललाई स्थायित्वतर्फ डोर्‍याउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए ।