२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको जिकिर : ‘एमालेको महाधिवेशनले उन्नत स्तरको एकता प्रदर्शन गर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नत स्तरको एकता प्रदर्शन गर्ने बताएका छन् ।

एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्व सहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताए । उनले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रूपान्तरण र पुस्तान्तरणका लागि केन्द्रित हुने स्पष्ट गरे ।

“सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन ।’’, अध्यक्ष ओलीले भने, “चुनाव लड्न पाइन्छ तर अध्यक्षका रूपमा मेरो आग्रह छ-एकताबद्ध भएर जाऔँ, एकार्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’’

पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकार आतंक र त्रासको जगमा संविधान विपरीत निर्मित भएको र  सिंहदरवारमा एक प्रकारको ‘बुख्याँचा’ प्रवेश गरेको टिप्पणी गरे । 

जनताबाट निर्वाचितहरू सरकार बाहिर रहनुपर्ने र अनिर्वाचितहरू सिंहदरबारमा बस्नुपर्ने कुरा लोकतान्त्रिक र संविधानसम्मत हुन नसक्ने ठोकुवा गर्दै उनले यो सरकार संविधान विपरीत छ र विघटित संसद् पुन:स्थापित हुनुपर्छ भन्ने देखिएको सत्यलाई निर्भयताका साथ भन्ने सक्ने पार्टी एमाले मात्रै भएको स्पष्ट गरे ।