२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा तोडफोड र आगजनी गर्ने काँग्रेस कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नहुने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सुनसरीले जेन जेड आन्दोलनका क्रममा संलग्न पार्टीका सदस्यहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।

आज बसेको जिल्ला समितिको बैठकले आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावली संकलन गर्ने र प्राप्त नामावलीका आधारमा त्यस्तो घटनामा संलग्न सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय भएको जिल्ला सभापति केदार भण्डारीले बताए ।

जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्यसमितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने प्रदेश महामन्त्री उमेश थापाले बताए ।

उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन, खोजी खोजी निष्कासन गर्नेछ ।

सुनसरीमा जेन जेड आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड आगजनी र लुटपाट हुँदा एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको थियो ।

निजी क्षेत्रको क्षतिको अहिलेसम्म क्षतिको विवरण संकलन हुन सकेको छैन । जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोड भएको थियो ।