२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखा र जुम्लाको तापक्रम माइनसमा

अ+ अ-

काठमाडौँ । नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई वटा जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ । 

विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ मा झरेको छ । जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जानकारी दिएको छ । 

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले हिजो अस्ती जुम्लाको न्यूनतम तापक्रम माइनस २ देखि ३ सम्म रहेकामा आज तापक्रम घटेर माइनस ५ दशमलव २ मा पुगेको हो । 

पछिल्लो एक/दुई दिनमा राति बादल भएकाले बढी चिसो महसुस भएको छ । दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ । आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको उनले बताए । 

“रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ । उपत्यका र तराईमा वायु प्रदूषण पनि रहेको छ”, मौसमविद् झाले भने, “जनावरीमा अझ तापक्रम घट्दै जानेछ, अहिले बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ । अलिअलि पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दै छ । त्यसले पनि असर गरिरहेको छ ।”

विभागको विवरणमा काठमाडौँमा न्यूनतम तापक्रम ८ दशमलव ५ रहेको छ । नेपालगञ्जमा न्यूनतम तापक्रम १२ रहेको छ । पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ । यस्तै ताप्लेजुङमा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री रहेको छ ।