काठमाडौँ । काठमाडौँको धोबीखोला करिडोरको रूद्रमति पुलनिर बिहीबार बिहान एक जना पुरुषको मृत्यु भएपछि पुलछेउ बार लगाइएको छ।
रूद्रमति पुलनिर करिब पाँच मिटर खण्डमा रेलिङ नभएकाले पटक पटक दुर्घटना भएपछि हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले त्यहाँ फलामे बार लगाइदिएका हुन्।
पन्तले आफ्नै खर्चमा बार लगाएको बताएका छन्।
काठमाडौँ महानगरपालिका–२९ को रूद्रमति पुल नजिकै धोबीखोलामा ५० वर्षीय ललित गिरी मृत फेला परेका हुन्। पुलछेउ बार नभएको ठाउँबाट साइकलसहित खोलामा खसेर उनको मृत्यु प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
यसअघि पनि त्यहाँ मान्छे, कार, मोटरसाइकल खसेका थुप्रै उदाहरण छन्।







