२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नख्खु पुगेर सुदन गुरुङले भेटे रवि लामिछाने

अ+ अ-

काठमाडौँ । जेन जेड अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् ।

लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफूले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् ।

‘हामी सकारात्मक छौँ । तपाईँहरू मिलाउन लाग्नुस् । हामी मिल्नुपर्छ भनेर उहाँले भन्नुभयो,’ गुरुङले भने, ‘यदि सबै सकारात्मक भए रास्वपा मिल्नका लागि तयार रहेको र त्यसका लागि छलफल गर्न तयार रहेको बताउनुभयो ।’

यसबाहेक आफूलाई अन्याय भएको विषय पनि लामिछानेले सुनाए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा गुरुङसँग राखेका थिए ।

‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरूपणका लागि पहल गरिदिनुस्,’ रविलाई उद्धृत गर्दै गुरुङले भने ।

रविको यो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए । ‘न्यायलयले भन्ने कुरा हो, सही या गलत भनेर । अब त्यो छिटो गर्नुपर्‍यो भनेर हामीले पहल गर्छौँ भन्यौँ,’ गुरुङले भने ।

त्यसबाहेक रविले जेन जेड आन्दोलनमा आफ्नो पूर्ण साथ रहेकाले देश बनाउने अभियानमा एक भएर लाग्न पनि अनुरोध गरेको गुरुङले बताए ।

योसँगै बालेन र कुलमानको भेटघाटमा पनि आफूले सहजीकरण गरेको दाबी गुरुङले गरे । उज्यालो नेपालका एक शीर्ष नेतासँग बुझ्दा पनि गुरुङले बालेनसँग भेट गर्न सहजीकरण गरेको र मिलनको लागि भूमिका खेलेको स्वीकारेका छन् ।

‘सुदन जी सुरुबाटै मिल्नुपर्छ भनिरहनुभएको छ । त्यो भेटमा उहाँसहित अरूको पनि भूमिका थियो,’ ती नेताले भने ।

यसरी विशेष गरी कुलमान, रवि र बालेन मिलाउने उद्देश्यले हिडेका गुरुङले वैकल्पिक धारका विभिन्न शक्तिसँग समन्वय गर्ने बताएका छन् ।