२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन परियारले माटोलाई उत्पादनको साधनका रूपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । 

बाह्रौँ विश्व माटो दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिएका हुन् । “तीनवटै तहका सरकारको समन्वयमा माटो स्वास्थ्य सुधारका लागि घुम्ती माटो शिविर सञ्चालन, विषादीको समुचित प्रयोग केन्द्रित सचेतनामूलक माटो व्यवस्थापन र दिगो कृषिमा सम्झौता नगरी कृषि व्यावसायिकीकरण प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप बढावा दिइनुपर्ने आवश्यकता रहेको छ ।”

संयुक्त राष्ट्र संघको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउन सुरुआत आएसँगै नेपालमा विसं २०७२ देखि विश्व माटो विवस मनाइँदै आएको छ ।    

मन्त्री परियारले भनेका छन्, “माटो कृषि उत्पादनको प्रमुख माध्यम हो, साथै, पृथ्वीलाई जीवन्त राखी सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न माटोको महत्त्वपूर्ण भूमिका रहेको छ, तथापि, सघन खेतीसँगै बढ्दो रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटोको भौतिक, रासायनिक र जैविक गुणमा नकारात्मक असर परेको छ ।”

योसँगै अव्यवस्थित सहरीकरण, पूर्वाधार निर्माण एवं औद्योगिकीकरणका कारण माटोमा पानी सोस्ने क्षमतामा ह्रास आएको तथा प्रदूषण वृद्धि भएको उनको भनाइ छ । त्यसबाट  उत्पादन र उत्पादकत्वमा ह्रास आउनाका साथै ग्रामीण तथा सहरी वातावरणीय सन्तुलनमा समेत गम्भीर चुनौती सृजना हुने उनले बताएका छन्। खेती धेरै हुने गाउँको माटो जस्तै सहरको माटो समेत स्वस्थ हुनु पर्यावरणीय दृष्टिकोणले उत्तिकै महत्त्वपूर्ण छ । गाउँको माटो उत्पादनको स्रोत हो र सहरको माटो हरियाली कायम राख्ने, तापक्रम कम गर्ने र कार्बन भण्डारण गर्ने साधन हो, समग्र पर्यावरणीय सन्तुलनका लागि गाउँ र सहरको माटो एकापसमा अन्तरसम्बन्धित रहेका छन्”, सन्देशमा भनिएको छ ।