काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आइतबार सामान्य अंकले घटेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक १.४८ अंकले घटेर २६२९.६९ विन्दुमा पुगेको हो।
सेसनमा ४८ वटा स्क्रिप्सको ९० हजार ३५६ कित्ता सेयर ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये १९ वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घटेको छ भने ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







