काठमाडौँ । सहसचिव पुष्कर सापकोटा सचिवमा बढुवा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव सापकोटालाई न्याय सेवा आयोगले सोमबार सचिवमा बढुवा सिफारिस गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव(कानुन) फणीन्द्र गौतम अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सचिव पदमा सापकोटाको पदस्थापन गरिएको हो ।







