काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बुधवार ०.२३ अंक घटेर २६१३.४ विन्दुमा झरेको छ।
यस सेसनमा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेसन अवधिभरमा ५७ कम्पनीको ६ हजार ७०७ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।







