२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।

आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा रहेका मतदातालाई मताधिकार प्रयोग गर्न पाउने गरी अन्तर-जिल्ला मतदान अधिकारको व्यवस्था गर्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष फणीन्द्र नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले अन्तर-जिल्ला रूपमा बसोबास गर्ने मतदातालाई पनि सहज रूपमा मतदान गर्न पाउने व्यवस्था आवश्यक रहेको बताए।

उनले भने,“आगामी निर्वाचनमा अन्तर-जिल्ला मतदान, अस्थायी मतदाता दर्ता वा प्रविधिमार्फत सुरक्षित मतदान प्रणाली लागू गर्न सकिने सम्भावना छ ।”

समाजले नेपालका धेरै नागरिक शिक्षा, रोजगारी, व्यापार तथा अन्य कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेकाले स्थायी ठेगानामै जानुपर्ने बाध्यताका कारण धेरै नागरिक मतदानबाट वञ्चित हुनुपरेको विषयमा जानकारी गराएको अध्यक्ष नेपालले बताए ।