काठमाडौँ । नेकपा एमालेका नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी केपी शर्मा ओली निकट थिए । उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् ।
बिहीबार नै केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित भएका थिए ।
विराटनगर-५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन् । २०३९ सालमा तत्कालीन मालेमा जोडिएका उनले २०४७ सालमा नेकपा एमालेको सक्रिय सदस्यता लिएका थिए ।







