काठमाडौँ। निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित सर्वपक्षीय छलफल गर्ने भएको छ ।
सोमबार राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा सर्वपक्षीय छलफल हुन लागेको हो ।
यसअघि पनि विभिन्न समयमा यसप्रकारका छलफल भएकामा निर्वाचनको तयारीको पछिल्लो उपलब्धि र प्रयास तथा सरोकार भएका पक्षको धारणा बुझ्न छलफल हुन लागेको आयोगले जनाएको छ ।







