२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय प्रमुखसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना

अ+ अ-

काठमाडौँ । विशेष अदालतले डोल्पा जिल्लामा अस्तित्वमा नै नभएको विद्यालयको भवन निर्माणका नाममा झुट्टा तथा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा चार जनालाई दोषी ठहर गरेको छ। 

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले विद्यालय भवन निर्माणको नाममा भ्रष्टाचार भएको ठहर गरेको हो। 

डोल्पा जिल्लामा अस्तित्वमा नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा भवन निर्माण भएको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी र गराई मिलेमतो गरी भ्रष्टाचार गरेको ठहर गरेको हो। तत्कालीन जिल्ला प्राविधिक कार्यालय, डोल्पाका कार्यालय प्रमुख रविचन्द्र पञ्जीयार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढालाई दोषी ठहर गरेको छ। अदालतले जनही एक लाख ९० हजार रुपैयाँ र जनही एक वर्ष छ महिना कैद हुने फैसला गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको नाममा भ्रष्टाचार भएको दाबी गर्दै २०८२ असार १८ गते मुद्दा दायर गरेको थियो। अदालतले फैसलाको पूर्ण पाठ तयार गर्न समय लाग्ने भएकोले संक्षिप्त फैसला गरेको जनाएको छ। उपभोक्ता समिति गठन गरी डोल्पा जिल्लाको साबिक दुनै गाउँ विकास समिति वडा नं २ र ३ मा दुर्गा प्राथमिक विद्यालय पिप्लाको दुई कोठे भवन निर्माण भएको भनी शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित ७ लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ। अदालतमा प्रतिवादीहरूले उक्त वडामा दुर्गा प्रावि नामको विद्यालय नै नभएको र सो रकम लालीगुराँस आधारभूत विद्यालयको भवन निर्माणमा खर्च भएको जिकिर गरेका थिए। उक्त विद्यालयबाट प्राप्त तत्कालीन विद्यालय व्यवस्थापन समितिको बैठक पुस्तिकामा तत्काल भवन निर्माण सम्बन्धमा कुनै निर्णय नभएको आदेशमा उल्लेख छ।

अदालतले अस्तित्वमा नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा भवन निर्माण भएको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी र गराई मिलेमतोमा रकम हिनामिना भएको ठहर गरेको छ।